Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

एमाले प्रदेश अधिवेशन : उपाध्यक्ष र महासचिवले गुट बनाएको काल्पनिक चर्चा मात्रै हाे : पद्मा अर्याल

एमाले प्रदेश अधिवेशन : उपाध्यक्ष र महासचिवले गुट बनाएको काल्पनिक चर्चा मात्रै हाे : पद्मा अर्याल

  • 1.0K
    SHARES

  • एमाले प्रदेश अधिवेशन : उपाध्यक्ष र महासचिवले गुट बनाएको काल्पनिक चर्चा मात्रै हाे : पद्मा अर्याल

    बुटवल,भदाै ११ ।

    नेकपा एमाले सचिव पद्मा अर्यालले सर्वसम्मत नेतृत्व चयन नभए स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व छान्न सकिने बताएकी छन् ।

    लुम्बिनी प्रदेश अधिवेशनको सन्दर्भमा सोमवार बुटवलमा आयोजित सम्पादहरुसंगको छलफल तथा भेटघाटमा बोल्दै उनले पार्टीमा कुनै गुट नभएको दाबी गरिन् ।

    ‘म पार्टीले खटाएको प्रदेशको इन्चार्ज हुँ, मलाई केही जानकारी छैन, उपाध्यक्ष र महासचिवले गुट बनाएको काल्पनिक चर्चा गराइँदैछ,उनले भनिन्,श्रद्धेय अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल कसैले पार्टी हितविपरीत गुट बनाउने कुरा असम्भव हो, अहिले दुई जना उम्मेदवार हुँदा २ जनाको गुट लेख्दा भोलि अधिवेशनमा त्योभन्दा धेरै उम्मेदवार भए भने कुन कुन नेताको नाम जोडेर र कुन गुट भनेर लेख्ने नि ?’ 

    सर्वसम्मत नेतृत्व चयन नभए स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व छान्ने लोकतान्त्रिक विधि हुँदाहुँदै अनेक फुर्का जोडेर प्रचारबाजी गर्नु जरुरी नरहेको उनले बताइन् । ‘तल्लो तहमा कोही कसैका इच्छा, आकांक्षा र स्वार्थ होलान्, त्यसमा केन्द्रीय नेतृत्वलाई जोड्ने काम गलत छ, त्यो हुनै सक्दैन’ उनले भनिन् । 

    १ हजार ४ जना प्रतिनिधि छनोट :

    लुम्बिनी प्रदेशका १०९ वटै स्थानीय तहबाट १ हजार ४ जना प्रतिनिधि छनोट भएका छन् । तीमध्ये महिलाको मात्रै संख्या तीन सय छ । यस्तै दलितबाट १ सय ५३ जना प्रतिनिधिका रूपमा चुनिएर आएका छन् । ४० वर्ष मुनिका युवामात्रै अहिले एक सय ३७ जना प्रतिनिधिमा चुनिएका छन् ।

    पार्टीले गरेको निर्देशनअनुसार महिला ३० प्रतिशत, उत्पीडित जनजातिबाट १५ प्रतिशत र युवाबाट २० प्रतिशत प्रतिनिधि छनोट भएका छन् । आयोजक कमिटी यसअघि स्वतः प्रतिनिधिका रूपमा लिइन्थ्यो । तर, यसपाली आयोजक कमिटी पनि प्रतिनिधिका रूपमा चुनिएर मात्रै अधिवेशनमा सहभागी हुन पाउने प्रावधान बनाइएको छ । 

    यसअघिको कमिटीमा केन्द्रबाटै बनेको कमिटीमा ६ सय १ जना छन् । एमालेले प्रदेशका १२ जिल्लाबाट प्रतिजिल्ला ५ जनाका दरले ६० जना, संघीय निर्वाचन क्षेत्रबाट प्रति क्षेत्र ५ जनाका दरले १ सय ३० जना र खुल्लाबाट ५ पदाधिकारी सहित १५ जना रहने गरी २ सय ५ जनाको नेतृत्व चयन गर्ने छ ।

    सोही आधारमा अहिलेका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल पाल्पाको रामपुर नगरपालिकाबाट, केन्द्रीय सदस्यसमेत रहेका प्युठानका हरि रिजाल नौ बहिनी गाउँपालिकाबाट र प्रदेश सचिव रहेका लक्ष्मण आचार्य दाङको घोराही उपमहानगरबाट प्रतिनिधि छनोट भएका छन् ।

    कार्यक्रममा प्रचार बिभागका डिआर घिमिरे,माेहन चापागाई लगायतले बाेलेका थिए  ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology