बुटवल,मंसिर २६-
पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १ हजार ४४ जना काेराेना संक्रमित फेला परेका छन् ।
सोही अवधिमा १२ सय ७१ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै यो अवधिमा ११ जनाको मृत्यु भएको छ । कूल मृतक संख्या १६ सय ७४ पुगेको पनि मन्त्रालयको तथ्यांक छ ।
अहिले आइसोलेसनमा १२ हजार १ सय ४८ जना र क्वारेन्टिनमा ५ सय १९ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)