Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘मानव अधिकारको क्षेत्र फराकिलाे बन्दैछ संरक्षणका लागि सबै लागाैँ’

‘मानव अधिकारको क्षेत्र फराकिलाे बन्दैछ संरक्षणका लागि सबै लागाैँ’

  • 3.0K
    SHARES

  • ‘मानव अधिकारको क्षेत्र फराकिलाे बन्दैछ संरक्षणका लागि सबै लागाैँ’

    बुटवल,मंसिर २५ ।

    लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले मानवअधिकार समय सापेक्ष परिवर्तन हुनु आवश्यक रहेको बताएका छन् । अन्तराष्ट्रिय
    मानव अधिकार दिवसको अवसरमा मधेस मानव अधिकार गृहको आयोजनामा भएको मानव अधिकार संरक्षणका लागि लुम्बिनी प्रदेश सरकारका नीति तथा कानुनहरूबारे अन्तरक्रियामा बोल्दै सभामुख घर्तीले समाजको विकासक्रमसँगै मानवअधिकारको क्षेत्र बिस्तारै बढ्दै गइरहेकोले समय सापेक्ष अधिकारको हेरफेर हुनुपर्ने बताए । 

    उनले सरकारले बनाएको संविधानमा तोकिएका अधिकारहरू पाए नपाएको सुनिश्चितता गरी कार्यान्वयनको पक्षमा ध्यान दिनुपर्ने बताए । उनले संविधानले तोकेका अधिकारहरू नपाएमा आन्दोलनमा उत्रिन समेत आग्रह गरे ।

    उनले कानुनबाट नै अधिकारको छनोट हुने भएकोले कानुन निर्माणको चरणमा समावेशी प्रतिनिधित्व हुनेगरि काम गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य दिपा बिकले लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका कुराहरू सम्बोधन गरेको दाबी गर्दै अझैपनि धेरै कुरा सम्बोधन गर्न आवश्यक रहेको बताइन् । 
    प्रदेश सभा सदस्य पुष्पा थरुनीले मानवअधिकारका कुराहरू प्रदेश सरकारले सम्बोधन गरिरहेको बताइन् । उनले नागरिकले अपनत्व गर्ने कानुनहरू निर्माण हुनुपर्ने बताइन् ।

    प्रदेशसभा सदस्य गीता थापाले बोल्दै मानवअधिकार सम्बन्धी ऐन कानुन निर्माण भएपनि कार्यान्वयनको पक्ष जटिल रहेको बताइन् । उनले प्रदेश सरकारले मानव अधिकारका कुराहरू उठाउँदै जाने बताइन् । 

    कार्यक्रममा मधेस मानव अधिकार गृह रबि ठाकुर, मानव अधिकार आयोगका प्रमुख दीपक ठाकुर, मानव अधिकार तथा शान्ति समाज रूपन्देही अध्यक्ष डिपी खनाल, गैसस रूपन्देही अध्यक्ष रीमा बिसि, अधिवक्ता हेमा न्यौपाने, सञ्चारिका समूह लुम्बिनी सचिव अमृता अनमोल, तेस्रोलिङ्गी आनिक राना, बेनी शाह, रिता सेन लगायतले बोल्दै निर्माण भएका कानुनहरू पनि कार्यान्वयन नभएको गुनासो गरेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology