Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुग्याे

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुग्याे

  • 1.9K
    SHARES

  • नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुग्याे

    बुटवल,मंसिर २५ ।

    पछिल्लो २४ घण्टामा १२ सय १७ जनामा कोरोना सङ्क्रमण पृष्टि भएको छ ।

    देशभरका विभिन्न प्रयोगशालामा जम्मा ७ हजार २सय ३२ वटा पीसीआर परीक्षण हुँदा ४४३ महिला ७सय ७४ पुरुषमा कोरोना सङ्क्रमण पृष्टि भएको हो । काठमाडौं उपत्यकामा ४ सय ४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    काठमाडौंमा ३२८ , भक्तपुरमा २५ र ललितपुरमा ५१ जना नयाँ संक्रमित थपिएका हुन् । जिल्लागत रुपमा २४ घण्टामा थपिने सङ्क्रमितको संख्या काठमाडौं पछि कैलालीमा रहेको छ । २४ घण्टामा कैलालीमा ९४ जना सङ्क्रमित थपिएका छन्। त्यसपछि कास्की र मोरङमा ६७-६७ जना र सुनसरीमा ६६ जना सङ्क्रमित भेटिएका छन् ।

    देशभरी सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ छ भने ५१५ जना क्वारेन्टाइनमा रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख २९ हजार ५४ पुगेको छ ।

    २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ६ सय ६३ पुगेको छ । हाल आईसीयुमा ३ सय ९ जना र भेन्टिलेटरमा ५७ जना उपचाररत छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology