बुटवल,साउन ६ ।
नेपाल विद्यार्थी संघ रुपन्देहीले ४१ औं विपी स्मृति दिवसको अवसरमा शालिक अनावरण गरेको छ । शनिबार पक्लिहवा कृषि क्याम्पसको सभाहल वीपी पार्कमा शालिक अनावरण गरिएको नेपाल विद्यार्थी संघ रुपन्देहीका सभापति सन्दिप पाण्डेले बताए ।
शालिकको अनावरण कांग्रेस जिल्ला कार्यसमितिका सभापति एवम् तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यता र नेपाल विद्यार्थी संघ रुपन्देहीकी पुर्व अध्यक्ष एवम् लुम्बिनी प्रदेश सांसद जमुना ढकालको बिशिष्ट आतिथ्यता सप्पन्न भएको हो । शालिक अनावरण गर्दै कांग्रेस रुपन्देहीको सभापति रामकृष्ण खाण आदर्श नेता विपिको बाटो सबै हिड्नु पर्ने बताए ।
विपिको मेलमिलापको नीतिबाट मात्रै देशको बिकास गर्न सकिने बताए । कार्यक्रम सचिव मनोज बेल्बासेको सन्चालनमा सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)