Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

मुक्त कमैयाको अवस्था सुधारमा लागाैँ : मुख्यमन्त्री चौधरी

मुक्त कमैयाको अवस्था सुधारमा लागाैँ : मुख्यमन्त्री चौधरी

  • 1.4K
    SHARES

  • मुक्त कमैयाको अवस्था सुधारमा लागाैँ : मुख्यमन्त्री चौधरी

    दाङ,साउन २।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कमैया मुक्त भए पनि उनीहरुको अवस्था अझै सुधार नुहुनु दुःखद् रहेको बताएका छन्  ।

    तेइसौँ मुक्त कमैया दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले तराईका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरका २७ हजार पाँच सय ७०  मुक्त घोषणा भए पनि अझै पनि पूर्णरूपमा मुक्त हुन नसकेको बताए । 

    मुक्त कमैयाका समस्या समाधानका लागि तीनै तहका सरकार गम्भीर बन्नुपर्ने मुख्यमन्त्री चौधरीको भनाइ छ । विसं २०५७ साउन २ गते कमैया मुक्ति घोषणा गरिएको थियो ।

    लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले मुक्त कमैयालाई राजगारीमा जोड्नका लागि बजेट विनियोजन गरेको जानकारी दिए । मुक्त कमैया दिवसका अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै उनले कमैयालाई रोजगारीमा जोड्न प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताए ।

    उनले कमैया मुक्त भए पनि उचित व्यवस्थापन हुन नसक्नु दुःखद् रहेको जनाउँदै त्यसतर्फ प्रदेश सरकार गम्भीर रहेको बताए ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, श्रावण २ २०८००१:१८:२९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology