Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

बैङ्किङ कसुर मुद्दामा एमाले नेता विजयबहादुर यादव पक्राउ

बैङ्किङ कसुर मुद्दामा एमाले नेता विजयबहादुर यादव पक्राउ

  • 1.3K
    SHARES

  • बैङ्किङ कसुर मुद्दामा एमाले नेता विजयबहादुर यादव पक्राउ

    बुटवल,असार ३१ ।

    लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री एवं एमाले नेता विजय बहादुर यादव पक्राउ परेका छन् । उनलाई बैङ्किङ कसुर मुद्दामा बाँके प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले एमाले नेता तथा पूर्व प्रदेश कृषि मन्त्री यादवलाई आइतबार बाँकेको डूडुवा गाउँपालिका–१ होलियाबाट पक्राउ गरेको हो ।

    बैङ्किङ कसुर मुद्दामा रुपन्देही जिल्ला अदालतले यादवको नाममा पक्राउ पुर्जी जारी भएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले यादवलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा बुझाइएको बाँके प्रहरी प्रवक्ता,प्रहरी नायव उपरीक्षक नारायण डाँगीले पुष्टि गरे ।

    नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका यादव अघिल्लो चुनावमा टिकट नपाए पछि जसपाबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

    पार्टीको निर्णय बिपरित दोस्रो पटक शंकर पोखरेल नेतृत्वको सरकार टिकाउन सरकारमा सहभागी भएको भन्दै पार्टीले कारबाही गरेपछि उनको प्रदेश सभा सदस्यसँगै मन्त्री पद समेत गएको थियो । पछिल्लो चुनावमा भने उनी एमाले प्रवेश गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology