Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

रास्वपा रुपन्देहीमा विवाद चुलियो : सदस्यता खारेजी,कुटपिट र उजुरीपछि विवाद सतहमा !

रास्वपा रुपन्देहीमा विवाद चुलियो : सदस्यता खारेजी,कुटपिट र उजुरीपछि विवाद सतहमा !

  • 2.4K
    SHARES

  • रास्वपा रुपन्देहीमा विवाद चुलियो : सदस्यता खारेजी,कुटपिट र उजुरीपछि विवाद सतहमा !

    बुटवल,असार ३० ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको विवाद चुलिएको छ । आगामी मंसिरमा हुने पार्टीको अधिवेशनमा नेतृत्व हत्याउने उद्देश्यले एक समूहले स्थापनाकालदेखि पार्टीमा लागेका कार्यकर्ताको सदस्यता खारेजी र कुटपिटको तहसम्म पुगेको विषय सतहमा आएको हो ।

    रास्वपा सैनामैना र्‍यापिड एक्शन टीम संयोजक दामोदर खत्रीले विधानअनुसार पार्टी सञ्चालन गर्नुपर्छ भन्ने आवाज उठाउँदा पार्टीका प्रदेश उपसभापति शालिकराम घिमिरे, रुपन्देही संयोजक प्रकाश ज्ञवाली र रुपन्देही क्षेत्र नं २ का क्षेत्रीय सदस्य विक्रम तिवारीलगायतको समूहले बुधवार राति पार्टी कार्यालयमा बोलाएर आफूलाई कुटपिट गरेको र उल्टै आफूविरुद्ध कुटपिटको उजुरी दिएको बताए ।

    पार्टीलाई विधानअनुसार चलाउनुपर्छ भन्ने आफ्नो आवाजलाई दबाउन प्रदेश उपसभापति घिमिरे, जिल्ला संयोजक ज्ञवाली, क्षेत्रीय सदस्य तिवारीको समूहले आफूसँग अनुचित प्रस्ताव राखेको र उनीहरूको प्रस्तावमा सहमत नभएपछि कुटपिटमा उत्रिएको  शनिवार बुटवल बेलबासमामा पत्रकार सम्मेलन गरी दाबी गरे ।

    पार्टीको सैनामैना नगर समितिको कार्यालयमा बोलाएर उनीहरूको समूहले आफूमाथि आक्रमण गरेपछि आफूले त्यसको प्रतिरक्षा मात्रै गरेको उनले बताए । आफूमाथि कुटपिट भए पनि पार्टी भित्रको कुरा भनेर प्रहरीमा उजुरी नगरेको तर उनीहरूले उल्टै आफूविरुद्ध उजुरी दिएको उनको भनाइ छ ।

    भर्खरै गठन भएको पार्टीमा गुटबन्दी गर्न नहुने र पार्टीलाई विधानअनुसार चलाउनुपर्छ भन्दा उल्टै कारवााही गर्ने र स्थापना कालदेखि निस्वार्थ रुपमा पार्टीमा लागेका व्यक्तिलाई तँ सदस्यनै होइनस् भनेर कुटपिटमासमेत उत्रिने नेतृत्व रहेसम्म संगठन बलियो हुन नसक्ने उनले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology