बुटवल, मंसिर २३ ।
लैंगिक हिंसा बिरूद्धको १६ दिने अभियान अन्तर्गत बुटवलमा सचेतनामुलक कार्यक्रम भएको छ ।
मेची माहाकाली बुहारी संयुक्त आवाज रूपन्देहीले साधना महिला बिद्यालय बुटवलमा लैंगिक हिंसा न्यूनिकरणमा महिला सशक्तिकरण बिषयमा सचेतनामूलक कार्यक्रम गरेको हो ।
रूपन्देही अध्यक्ष लता खड्का खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयकी अध्यक्ष तथा समाजसेबी साबित्रा अर्यालको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रममा संस्थाका कानुनी सल्लाहाकार तथा कृषि बिकास बैंक बुटवलका शाखाका प्रबन्धक अधिबक्ता सिमा बनले सहजिकरण गर्नुभयो ।
साे कार्यक्रमको लागि आम्दा हस्पिटलका बरिष्ठ स्त्री रोग बिशेषज्ञ आदरणिय डा.शसि शेखर झाले सेनिटरि प्याड सौजन्य गर्नु भएको थियो । सो अबसरमा बोल्ने बक्ताहरुले महिला हिंसा अन्त्यका लागि सबैले सहकार्य गर्नुपर्ने बताएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)