Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

आगामी निर्वाचनमा काँग्रेसले गठबन्धनको वैशाखी टेक्दैन :  सह‐महामन्त्री पाण्डे

आगामी निर्वाचनमा काँग्रेसले गठबन्धनको वैशाखी टेक्दैन :  सह‐महामन्त्री पाण्डे

  • 927
    SHARES

  • आगामी निर्वाचनमा काँग्रेसले गठबन्धनको वैशाखी टेक्दैन :  सह‐महामन्त्री पाण्डे

    गुल्मी, असार २२  ।

    नेपाली काँग्रेसका सह‐महामन्त्री बद्री पाण्डेले आगामी निर्वाचनमा काँग्रसले गठबन्धनको बैशाखी टेक्न नपर्ने बताउनु भएको छ ।
    केन्द्र, प्रदेश र स्थानीय तहका सरकारले जवाफदेही ढंगले जनतामा सर्भशुलभ तरिकाले सेवा प्रवाह गर्ने हो भने आगामी निर्वाचनमा काँग्रेस एक्लैले निर्वाचन जित्ने दावी गर्नु भयो । 


    नेपाली काँग्रेस रेसुङ्गा नगर कार्य समिति गुल्मीले शुक्रबार सदरमुकाम तम्घासमा आयोजना गरेको दोश्रो नगर सम्मेलनमा बोल्दै सह‐महामन्त्री पाण्डेले उक्त कुरा व्यक्त गर्नु भएको हो । उहाँले हरेक अफ्ठ्यारा मोडहरुमा नेपाली काँग्रेसको नेतृत्वमा मात्र युगान्तकारी परिवर्तनहरु भएको भन्दै अन्य राजनैतीक दलहरुले नेपालमा युगान्तकारी परिवर्तन गर्न नसकेको उहाँको दावी छ । उहाँले नेपालका कम्यूष्टिहरु कहिले सहयोगी र कहिले बेईमानी भएको आरोप समेत लगाउनु भयो । 

    ‘न तिनको जरा छ, न तिनको टुप्पो छ, न टेक्ने आधार छ, न समाउने हाँगो छ’ भन्दै नेता पाण्डेले तीस सेकेण्डको आकर्षक टिकटक बनाए जस्तो गरि विगत पनि हामी हौं, वर्तमान र भविष्य पनि हामी हौ भनि भ्रम सिर्जना गरेर नेपालको राजनीति अघि बढेको पाण्डेले बताउनु भयो । त्यस्तो प्रकारको राजनीति अब धेरै दिन नटिक्ने उहाँले बताउनु भयो ।

    नेपालको ईतिहासमा हरेक कालखण्डलाई छुट्टाउने हो भने पन्ध्र सालमा दुइ तिहाई र ४८ र ५६ सालमा बहुमत ल्याउने काँग्रेस के कारणले कमजोर र क्षयीकरण हुँदै गयो भन्ने कुराको समिक्षा गरेर काँग्रेललाई थप गतिशिल बनाउनु पर्नेमा जोड दिनु भएको थियो । 
    नगर सम्मेलनमा नेपाली काँग्रेसका लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ, पाटि सभापती एवं रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थी, प्रदेश सदश्य विष्णु कुमारी सापकोटा, नगर सभापति जयश्वर पन्थी लगायतका व्यक्तिहरुले पाटिलाई प्रमुख प्राथमिकतामा राखेर सबैले संगठनलाई थप सुदृढ बनाउनु पर्नेमा जोड दिनु भएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology