Logo मंगलवार, श्रावण १२ गते २०८३
images

विश्वकै सर्बोच्च शिखर सगरमाथाको उचाइ आज सार्वजनिक गरिँदै 

विश्वकै सर्बोच्च शिखर सगरमाथाको उचाइ आज सार्वजनिक गरिँदै 

  • 2.9K
    SHARES

  • विश्वकै सर्बोच्च शिखर सगरमाथाको उचाइ आज सार्वजनिक गरिँदै 

    बुटवल मंसिर २३ -

    नेपाल सरकारले विश्वकै सर्बोच्च शिखर सगरमाथाको उचाइ आज सार्वजनिक गर्दै छ। गत बुधबारको मन्त्रिपरिषद्को बैठकले सगरमाथाको उचाइ घोषणा गर्ने प्रस्तावलाई स्वीकृति दिएपछि सार्वजनिक गर्न लागिएको हो। नेपाल र चीनको संयुक्त टोलीले सगरमाथाको नयाँ उचाइ घोषणा गर्नेछ।  

    भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाइ घोषणा गर्न स्वीकृतिका लागि मन्त्रिपरिषद्मास प्रस्ताव पेस गरेकी थिइन्। 

    सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरुको उचाइमा असर परेको नापी विभागको अध्ययनले देखाएको थियो। सोही सन्दर्भमा सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाइ मापन गरेको हो।

    सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाइ संयुक्तरुपमा घोषणा गर्ने सहमति भएको थियो। सोही बमोजिम नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए। 

    सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ नापेको थियो । त्यसयता सगरमाथाको आधिकारिक उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको मानिँदै आएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology