Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

स्व. कोईरालाको जन्मजयन्तीमा नेबिसंघ रुपन्देहीद्वारा दीप प्रज्वलन

स्व. कोईरालाको जन्मजयन्तीमा नेबिसंघ रुपन्देहीद्वारा दीप प्रज्वलन

  • 6.2K
    SHARES

  • स्व. कोईरालाको जन्मजयन्तीमा नेबिसंघ रुपन्देहीद्वारा दीप प्रज्वलन

    बुटवल,असार १८ ।

    नेपाल बिद्यार्थी संघ  जिल्ला कार्यसमिति रुपन्देहीले स्व. गिरिजा प्रसाद कोईरालाको जन्म जयन्तीको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न  भएको छ ।

    नेपाल बिद्यार्थी संघ  रुपन्देहीका अध्यक्ष समशेर खड्काको अध्यक्षता ,नेपाली काङ्ग्रेस महासमिती सदस्य रिता सेन को  विशिष्ट आतिथ्यता  र    नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश कार्यसमिति  सदस्य  बिष्णु पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा  नेपाल तरुण दल का केन्द्रिय सदस्य बिनोद घिमिरे, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश प्रतिनिधि प्रदिप  घर्ती मगर , नेविसंघ रूपन्देही जिल्ला  सदस्य दिपक अर्याल , कृष्ण खनाल ,सुमन गुरुङ,बिधान खत्री , सागर पन्थि ,मन्दिप सिंह खाती, सम्झना पंगेनी, हरि घिमिरे , गुल्मी क्षेत्रिय सदस्य बिकास टण्डन सिद्धार्थ गौतम बुद्ध  क्याम्पस सभापती महेश पौडेल लगायत  रुपन्देहीका बिभिन्न क्याम्पसमा  अध्ययनरत नेविसंघ प्रति आस्था राख्ने विधार्थीहरुको उपस्थिती रहेको थियो ।deep gp.jpg

    कार्यक्रममा  नेपाली काङ्ग्रेस महासमिति सदस्य रिता सेन , नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश कार्यसमिति  सदस्य ले मन्तव्य राख्नुभयको थियो ।  नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश कार्यसमिति  सदस्य तथा युवा नेता  विष्णु पोख्रलेले गिरिजाप्रसाद कोइराला पञ्चायत विरूद्व सङघर्ष गरि बहुदलीय व्यवस्था स्थापित गर्ने  शिखर  पुरूष भएको बताउँदै  उनिजस्तै  निडर र निर्भिक  रहन  सम्पूर्ण विधार्थी नेताहरूलाई आग्रह  गर्नुका साथै नेविसंघ रूपन्देही जिल्ला कार्यसमिति लाई  हार्दिक आभार  व्यक्त गरे।

    कार्यक्रममा बोल्दै  सभापति समसेर खड्काले    रचनात्मक कार्यमा    पढाइ सँगसँगै अगाडि बढ्न   सम्पूर्ण विधार्थी  नेताहरू लाई  आग्रह गरेका थिए।  नेपाली काङ्ग्रेस महासमिती सदस्य रिता सेनको  स्वागत मन्तव्य नेविसंघ रुपन्देहीका सभापती समशेर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको  सञ्चालन नेविसंघका नेता नारायण घिमिरे भावुक ले  गरेका थिए।nsu.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology