Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

एमाले गुल्मीका नेता टोमलालको सम्झनामा काठमाडाैँमा अन्तरक्रिया हुने

एमाले गुल्मीका नेता टोमलालको सम्झनामा काठमाडाैँमा अन्तरक्रिया हुने

  • 1.7K
    SHARES

  • एमाले गुल्मीका नेता टोमलालको सम्झनामा काठमाडाैँमा अन्तरक्रिया  हुने

    काठमाडौ,असार ८ ।

    नेकपा एमाले गुल्मीका तत्कालिन अध्यक्ष टोमलाल पाण्डेको सम्झनामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ । जिल्लाको बाम प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा स्वर्गीय पाण्डेको सम्झनामा गुल्मिको समग्र बिकासमा पाण्डेको देन विषयमा अन्तर्कृया गर्न लागिएको हो ।

    नेकपा एमाले धुर्कोट काठमाण्डौ सम्पर्क मन्चको आयोजनामा विभिन्न दल र स्वतन्त्र ब्याक्तित्वहरुको उपस्थितिमा असार ९ गते पाण्डेको ७०औं जन्मदिनको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो ।

    नेपाल बार एसोसिएसन गुल्मीका पुर्व अध्यक्ष समेत रहेका पाण्डे बिध्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका ब्यक्तित्व हुनुहुन्थ्यो  ।

    बिभाजन पुर्व बिस २०३० देखि २०३९ सम्म अनेरास्ववियुको केन्द्रिय नेतृत्वमा हुनुहुन्थ्यो ।  अनेरास्ववियु बाट बिदा भएपछि स्वर्गीय पाण्डे नेकपा एमालेका  हालका अध्यक्ष केपि शर्मा ओलि संस्थापक अध्यक्ष रहेको प्रजातान्त्रिक रास्ट्रीय युवा संघ नेपालका सस्थापक सचीव समेत रहनु भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology