Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

विद्युत आपूर्तिको समस्या समाधान नभए चरणवद्ध आन्दोलनमा जाने युवासंघको चेतावनी

विद्युत आपूर्तिको समस्या समाधान नभए चरणवद्ध आन्दोलनमा जाने युवासंघको चेतावनी

  • 1.5K
    SHARES

  • विद्युत आपूर्तिको समस्या समाधान नभए चरणवद्ध आन्दोलनमा जाने युवासंघको चेतावनी

    बुटवल,असार १ ।

    नियमित विद्युत आपूर्तिको माग गर्दै राष्ट्रिय युवासंघ नेपाल रुपन्देहीले विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ । 
    राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले अत्याधिक गर्मीका समयमा विद्युत जाने आउने गर्दा सेवाग्राही मारमा परेको भन्दै नेपाल विद्युत प्राधिकरण विद्युत वितरण केन्द्रको ध्यानाकर्षण गराएको हो । 

    युवा संघ रुपन्देहीका इञ्चार्ज नहकुल शाही तथा रुपन्देही अध्यक्ष बिकासजँग बस्नेतको नेतृत्वमा गएको टोलीले बुटवल विद्युत वितरण केन्द्रका प्रमुख कपिलराज पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाउँदै गर्मीको समयमा विद्युतमा देखिएको व्यापक अनियमितताले जनजीवन प्रभावित भएको जनाउँदै तत्काल समस्या समाधान गर्न आग्रह गरेको छ ।

    युवा संघले अबको एक हप्तामा समस्या समाधान नभए चरणवद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ ।ध्यानाकर्षण पत्र बुझ्दै वितरण केन्द्रका प्रमुख पाण्डेले अहिले विद्युमा राष्ट्रिय स्तरमै समस्या देखिएको बताउनुभयो । पछिल्लो २-३ दिन विद्युतको नियमित आपूर्ति हुन नसकेको स्विकार गर्दै समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology