Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा सुवेदी र महासचिवमा एलन विजयी

समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा सुवेदी र महासचिवमा एलन विजयी

  • 1.2K
    SHARES

  • समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा सुवेदी र महासचिवमा एलन विजयी

    काठमाडौं, जेठ २८ ।

    समाजवादी प्रेस सङ्गठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित हुनुभएको छ । यही जेठ २६ र २७ गते काठमाडौंमा सम्पन्न सो सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

    आइतबार बिहान सम्पन्न अन्तिम मतपरिणामअनुसार सुवेदीले प्रतिस्पर्धी भूपराज खड्कालाई २८ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । सुवेदीले एक सय ४७ मत प्राप्त गरी विजयी हुँदा खड्काले एक सय १९ मत प्राप्त गर्नुभएको थियो । अध्यक्षका अर्का प्रतिस्पर्धी राघव साहले १५ मत प्राप्त गर्नुभयो ।

    यसैगरी, खुला उपाध्यक्षमा नवराज छत्कुल्ली (एक सय ५०), महिला उपाध्यक्षमा अस्मिता गिरी (एक सय ७१), उपाध्यक्ष सुदूरपश्चिममा नरेन्द्र भट्ट (एक सय ७४) मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन समितिका सदस्य नारायण सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार महासचिवमा रामकुमार एलनले एक सय ३९ मतले विजयी हुँदा उहाँका प्रतिस्पर्धी हृदय भुसालले एक सय ३० मत प्राप्त गर्नुभएको थियो ।

    उपमहासचिवमा प्रेम गौतम (एक सय ६४), प्रतिज्ञा बुढामगर (एक सय २२) र लेखनाथ सिकारु (एक सय ३९) मत प्राप्त गरी विजयी हुनुभएको छ । सचिव खुलामा शिवप्रसाद ढुङ्गाना (एक सय १७), अनिल शाही (एक सय ३६) तथा पूर्णबहादुर कार्की (८६) मत प्राप्त गरी विजयी हुनुभएको छ ।

    यसैगरी, सचिव (महिला) मा क्रान्ति न्यौपाने (एक सय २८), सचिव (दलित)मा प्रदीप नेपाली (एक सय ५१) र कोषाध्यक्षमा कृपा भण्डारी (एक सय ३९) मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन कमितिले जनाएको छ ।

    त्यस्तै, सुदूरपश्चिम उपाध्यक्षमा नरेन्द्र भट्ट निर्वाचित हुनुभएको छ । उपत्यका उपाध्यक्षमा कृष्णराज गौतम, एसोसिएट÷प्रतिष्ठान उपाध्यक्षमा तेजप्रसाद वाग्ले सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसैगरी अन्य प्रदेशमा पनि सर्वसम्मत उपाध्यक्ष चयन हुनुभएको निर्वाचन समितिका सदस्य सुवेदीले जानकारी दिनुभयो । 

    शुक्रबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुभएको राष्ट्रिय सम्मेलनले १५ बुँदे विशेष समसामयिक प्रस्तावसमेत पारित गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई पार्टी एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बधाई तथा शुभकामना दिनुभएको थियो । रासस

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology