बुटवल,जेठ २७ ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीको छैटौं जिल्ला सम्मेलनले टानबहादुर केसीको अध्यक्षतामा नयां नेतृत्व चयन गरेको छ ।शुक्रबारदेखि शुरु भएको छैठौ जिल्ला सम्मेलनले नयां नेतृत्व चयन गरेको हो ।सम्मेलनले १७ पूण ५ बैकल्पिक र ५ सल्लाहकार रहेको जिल्ला समिति सर्वसम्वत रुपमा निर्वाचत गरेको छ ।
समितिको उपाध्यक्षमा इन्द्रा ज्ञवाली, कृष्णप्रसाद पोखरेल, कोषाध्यक्षमा गोपालप्रसाद गैरे, सहसचिवमा लालबहादुर क्षेत्री निर्वाचित भएका छन् ।त्यस्तै सदस्यहरुमा लक्ष्मी कुंवर, हिरालाल धामी, लिलाराम खनाल,हरि राहादी, गोपाल बन्जाडे हर्क टन्डन, रनमायां परियार, हरि केसी, भिमलाल न्यौपाने ,गंगालाल सापकोटा रहेका छन् ।
बैकल्पिक सदस्यहरुमा यमबहादुर क्षेत्री, रेनुसिंह, विशाल पौडेल, खगेस्वर गिरी, तुलसी शर्मा रहेका छन् ।रुकबहादुर पराजुली, पदमप्रसाद श्रेष्ठ, पुरूषाेत्ता कंडेल, कृष्णवम मल्ल र चेतनाथ आचार्य रहेको सल्लहाकार समिति गठन गरिएको साे पार्टीले जनाएको छ ।
नवनिर्वाचित अध्यक्ष टानबहादुर केसीले पार्टीले अगाडी सारेका नीति तथा कार्यक्रमहरु सफल बनाउन पार्टीका नेता कार्यकर्तादेखि शुभचिन्तकहरुको सुझाव लिएर अगाडी बढ्ने बताएका छन् ।कम्युनिष्ट पार्टीको लेनिनवादी संगठनात्मक पद्दतिलाई पूर्णपालन गरी कम्युनिष्ट आन्दोलनलाई सही दिशाबाट अगाडी बढाउन सकैसंक सहकार्य गर्ने अध्यक्ष टानबहादुर केसीले प्रतिवद्दता जनाएका छन् ।
यस अघि शुक्रबार छैठौं जिल्ला सम्मेलनको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उद्घाटन गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)