बुटवल,मंसिर २०-
नेपालमा आज थप १०२४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६०७४ जनाको पीसीआर परीक्षणमा १०२४ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा २२०६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख २४ हजार ५३ जना छन् । नेपालमा निको हुने दर ९३ दशमलव ४ प्रतिशत रहेको छ ।
कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १५७७ रहेको छ । गत २४ घण्टामा काठमाडौं उपत्यकामा ४६० जना संक्रमित भएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)