Logo बिहिवार, आश्विन १ गते २०८३
images

गणतन्त्र दिवसमा शान्ति समाज रुपन्देहीद्वारा बुटवलमा दीप प्रज्वलन

गणतन्त्र दिवसमा शान्ति समाज रुपन्देहीद्वारा बुटवलमा दीप प्रज्वलन

  • 6.4K
    SHARES

  • गणतन्त्र दिवसमा शान्ति समाज रुपन्देहीद्वारा बुटवलमा दीप प्रज्वलन

    बुटवल, जेठ १५ ।

    गणतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा दीप प्रज्वलन गरेको छ । १६ औँ गणतन्त्र दिवसमा बुटवलको अस्पताललाईनमा दीप प्रज्वलन गरिएको हो ।

    समाजका रुपन्देही सभापति खिमप्रसाद भट्टराई (कृष्ण) काे अध्यक्षतामा भएको कार्यक्रममा ,समाजका केन्द्रीय सचिव मिना ढकाल,जिल्लाका पुर्व सभापति हरिष ढकाल,नेपाल स्वयंसेवी रक्तदाता संघका केन्द्रीय महासचिव कृष्ण चाैहान क्षेत्री ,जिल्ला उपसभापति कपिल ज्ञवाली,सचिव कृष्ण पाण्डे लगायतले बाेलेका थिए ।

    सो अवसरमा बोल्ने बक्ताहरुले मुलुकमा गणतन्त्र बहाली भएको १६ बर्षपुग्दा पनि नागरिकहरुलाई भने बास्तविक गणतन्त्र आएको अनुभूति हुन नसकेको बताएका थिए ।

    कार्यक्रममा समाजका केन्द्रीय सदस्य डिपि खनाल,फुलु सुनार,मेलान रूपन्देही का अध्यक्ष नारायण पाैडेल,रूपन्देही फार्मेसी संघका अध्यक्ष गणेश सेराई, ट्रेड युनियन कांग्रेसका सहसचिव लक्ष्मण भण्डारी,रूपन्देही डेरी ब्यसायी समितिका निबर्तमान अध्यक्ष अमृतसिंह भण्डारी ,सचिव जिवा न्याैपाने,पत्रकार खेम पाठक,माधव पाैडेल, दुर्गा आले, रामु अधिकारी तथा शान्ति समाजका पदाधिकारी, सदस्य, शुभेच्छुक तथा सराेकारवालाकाे सहभागीता रहेको थियाे।

    deep praoj.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology