Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रेशमलाई आममाफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गर्यो : गगनकुमार थापा

रेशमलाई आममाफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गर्यो : गगनकुमार थापा

  • 975
    SHARES

  • रेशमलाई आममाफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गर्यो : गगनकुमार थापा

    काठमाडौं, जेठ १५ ।

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आममाफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको बताउनुभएको छ । ललितपुरमा सोमबार आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

    आवश्यकताका आधारमा निर्णय गर्नेभन्दा पनि सरकारले कानुनको शासन मान्नुपर्ने बताउनुभयो । कानुनले कुनै पनि विषयमा अदालतले निर्णय गरिसकेपछि अदालतले गरेको अन्तिम फैसला कसुरका सन्दर्भमा सजाय मिनाहा हुन्छ कि हुँदैन भनेर कानुनले बन्दोबस्त गरेको उल्लेख गर्दै कानुनको बन्दोबस्त गरेभन्दा बाहिर कोही पनि जान नमिल्ने बताउनुभयो । 

    सरकारलाई मन लाग्यो, सरकारले निर्णय गर्ने, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो भन्ने हिसाबले मात्रै यसलाई लिन नहुने उहाँको भनाइ छ । यो राजाको शासन नभएकाले कसैको हुकुम नचल्ने उहाँले बताउनुभयो । सरकार चलाउने कुरामा केही गाह्रो भयो भनेर प्रचलित कानुनलाई मिच्न नहुने उहाँको भनाइ छ । 

    उहाँले राष्ट्रहीत विपरीत गरिने निर्णयले भविष्यमा आफैँलाई पछुतो हुने बताउनुभयो । महामन्त्री थापाले रेशम चौधरीको बारेमा अदालतको पूर्णपाठ नआएको अवस्थामा अदालतलाई हेप्नुले जे गरे पनि हुन्छ भन्ने मानसिकता विकसित हुँदैगएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो परिवारको सदस्यलाई कानुनले समात्दा मलाई के लाग्छ, यो कानुनमा यस्तो नभइदिएको भए हुन्थ्यो भन्ने लाग्छ ।

    मेरो परिवारको सदस्यलाई दण्ड नभइदिएको भए हुन्थ्यो भन्ने हुन्छ’ महामन्त्री थापाले भन्नुभयो, “नेपालको कानुनले कुनै पनि विषयमा अदालतले निर्णय गरिसकेपछि अदालतले गरेको अन्तिम फैसला कसुरका सन्दर्भमा सजाय मिनाहा हुन्छ कि हुँदैन भनेर कानुनले बन्दोबस्त गरेको छ । त्यो कानुनको बन्दोबस्तभन्दा बाहिर कोही जान पाइँदैन ।”

    महामन्त्री थापाले नेपाली कांग्रेस सत्ता र सरकारमा लिप्त हुन थालेको बताउनु भयो । उहाँले आजका युवाहरुमा काँग्रेसप्रति निराशा हुनुको मूल कारण सत्ता र सरकारका लागि कांग्रेसले मरिमेट्नु रहेको उल्लेख गर्नुभयो । यस्ता गल्ती गल्ती भएकै ठाउँबाट सच्याउनुपर्ने बताउनु भयो । उहाँले पार्टीमा अब पनि यस्ता गल्तीहरू स्विकारेर अघि नबढ्ने बताउनु भयो । 

    “गल्ती जहाँबाट भएको सच्याउने काम त्यहीँबाट गर्नुपर्छ” महामन्त्री थापाले भन्नुभयो, “बैठकमा फरक मत राखियो, पार्टीको बहुमतको निर्णय भनेर मानियो तर अब मानिन्न, लडिन्छ ।” कांग्रेसले अब जीवनमा कहिल्यै कसैसँग गठबन्धन नगर्ने उहाँले घोषणा गर्नुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology