Logo बुधवार, कार्तिक १२ गते २०८३
images

बालकृष्णलाई भेट्न पुगिन् मञ्जु खाण

बालकृष्णलाई भेट्न पुगिन् मञ्जु खाण

  • 819
    SHARES

  • बालकृष्णलाई भेट्न पुगिन् मञ्जु खाण

    बुटवल,जेठ ८ ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका आफ्ना पति बालकृष्ण खाणलाई सांसद मञ्जु खाणले भेटेकी छन् ।  उनले जिल्ला प्रहरी कार्यालयको हिरासतमा पति खाणसँग भेटघाट गरेको एक प्रहरी अधिकारीले जानकारी दिए । उनी पति खाण पक्राउ परेको बाह्रौं दिन मात्र सोमबार बिहान टेकुस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेकी हुन् । 

    नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न देखिएका पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता खाण वैशाख २७ गते चुच्चेपाटीबाट पक्राउ परेका थिए । मञ्जु जेठ ४ गते प्रतिनिधिसभाको बैठकमा समेत उपस्थित भएकी थिइन् । 

    प्रहरीले आज सरकारी वकिलको कार्यालयमा शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको बेला मञ्जु आफ्ना पति खाणलाई भेट्न पुगेकी हुन । शरणार्थी प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, जेठ ८ २०८०१०:२३:४६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology