काठमाडौं,जेठ २ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पालाई अनुसन्धानका लागि दुई दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।
सोमबार साँझ प्रहरी परिसर रानीपोखरीमा आत्मसमर्पण गरेका शेर्पालाई आज म्यादका लागि प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेस गरेको थियो।
अदालतले उनमाथि अनुसन्धानका लागि दुई दिन थुनामा राख्न अनुमति दिएको हो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)