बुटवल, जेठ १ ।
बुटवलमा लागूऔषधसहित ३ युवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले बुटवल उपमहानगरपालिका-२ पाखापानीबाट ३ युवालाई शनिबार राति नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बुटवलका २४ वर्षीय बालकुमार थापा, २२ वर्षीय गिरेश घर्तीमगर र २६ वर्षीय युवराज पचभैया मगर छन् ।
प्रहरीले उनीहरुबाट २ ग्राम ५ सय मिलीग्राम लागूऔषध ब्राउन सुगर र उनीहरुले प्रयोग गरेको लु ९१ प ३१६० नम्बरको पल्सर मोटरसाइकल बरामद गरेको इप्रका बुटवलले जनाएको छ । उनीहरुलाई लागूऔषध दुरुपयोग मुद्दामा अनुसन्धान अगाडि बढाएको इप्रका बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)