Logo बिहिवार, आश्विन १ गते २०८३
images

बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

  • 2.3K
    SHARES

  • बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

    बुटवल मंसिर,१९ ।

    बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरु दुबैजना दाङका हुन् ।  तुलसीपुर उपमहानगरपालिका–११ का ४५ वर्षीय पुरुष र तुलसीपुरकै ८१ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    कोरोना संक्रमण पुष्टि भएपछि मंसिर ४ गते बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका तुलसीपुरका ४५ वर्षीय पुरुषको बिहीबार राति ९ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

    यस्तै तुलसीपुरकै ८१ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा बिहीबार राति १०ः४५ बजे मृत्यु भएको श्रेष्ठले जानकारी दिए । उनमा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology