Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा पछिल्लो २४ घण्टामा १३४३ जनामा कोरोना पुष्टि, थप १३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १३४३ जनामा कोरोना पुष्टि, थप १३ जनाको मृत्यु

  • 1.7K
    SHARES

  • नेपालमा पछिल्लो २४ घण्टामा १३४३ जनामा कोरोना पुष्टि, थप १३ जनाको मृत्यु

    बुटवल,मंसिर १८-

    नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३४३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  २४ घण्टामा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५५१ पुगेको छ ।

    योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ । पछिल्लो २४ घण्टामा २ हजार १११ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख २० हजार २७२ स‌ंक्रमणमुक्त भएका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology