बुटवल,बैसाख १२ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाको अध्यक्षमा पुनः गोविन्द भुसाल निर्वाचित हुनुभएको छ । दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनले दोस्रोपटक भुसालकै नेतृत्वमा नयाँ समिति बनाएको हाे ।
जसको वरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र सुवेदी, उपाध्यक्ष अन्जु पौडेल, महासचिव सागर पाठक, सचिव गंगाराम अधिकारी, कोषाध्यक्ष निर्मल उपाध्याय, सह कोषाध्यक्ष भेषराज आचार्य, सदस्य सम्झना न्यौपाने, शंकर गौतम, रोहिता राई राना, शान्ती कार्की, शिव पाण्डे र शरद पाण्डे रहेका छन्।
निर्वाचन मण्डल संयोजक टेकबहादुर थापा, सदस्यद्वय दिवाकर ढकाल र अर्जुनप्रसाद पौडेलले निर्वाचितहरुलाई प्रमाणपत्र तथा अबिर लगाइदिएर बधाई ज्ञापन गर्नुभयो ।
साे अवसरमा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले रगतको क्षेत्रमा प्रशंसनीय कार्य गरको भन्दै नगरपालिकाबाट हुने जुनसुकै सहयोगमा आफूहरू तयार रहेको बताउनुभयो । उहाँले रक्तदान जस्तो महादानमा सामाजिक रुपले जनचेतनासंगै जिबनदान गर्ने पुनित कार्य गरेको प्रति खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष डिल बहादुर भट्टराई, वडा नं १ का फर्सुराम गिरी, वडा नं ७ का अध्यक्ष देवीलाल पंगेनी, निवर्तमान वडा अध्यक्ष वडा नं४ का दिवाकर ढकाल, सस्थाका जिल्ला अध्यक्ष रक्त अभियन्ता कृष्ण चौहान क्षेत्री, बनबाटिकाका अध्यक्ष बेल प्रसाद शर्मा, वडा नं ११ का वडाध्यक्ष विष्णु बराल क्षेत्री, जागृति युवा क्लबका अध्यक्ष विदुर के.सी, रक्तदान अभियन्ता उमेश श्रेष्ठ, जागृती सहकारीका अध्यक्ष लोकनाथ पाण्डे, ब्लड बैंक बुटवलका सदस्य सचिव राधा शर्मा ज्ञवाली, नव जीवन साकोसका अध्यक्ष नारायण पाठक, जागृति युवा क्लबका अध्यक्ष विदुर के,सी, युवा अभियन्ता तथा रक्तदान अभियन्ता उमेश श्रेष्ठलगायतले बोल्दै सस्थाको प्रगतिको कामना गर्नुभएको थियो ।
तिलोत्तमा शाखाले स्थापनाको २४ महिनामा २४ ओैँ रक्तदान कार्यक्रमको श्रृङ्खला सम्पन्न गरिसकेको छ । गत वर्ष जिल्ला भर ४१५ संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेका थिए जसमा तिलोत्तमा शाखाले ९४३ पिन्ट रगत संकलन गरि समग्र जिल्लामै उत्कृष्ट तेस्रो स्थान हासिल गरेको थियो ।
सो अधिबेशनमा बोल्दै नव निर्वाचित अध्यक्ष भुसालले हालसम्म १०१ जना आजीवन सदस्य बनिसकेको र संस्थालाई थप मजबुत बनाउँदै युवालाई रक्तदान जस्तो महान् कार्यमा प्रेरित गर्दै अघि बढ्ने योजना रहेको बताउनुभयो ।
सो अवसरमा उक्त संस्थासँग विगत १ वर्ष भित्र सहकार्य गरी रक्तदान कार्यक्रम सम्पन्न गरेका विभिन्न संघ संस्थालाई समेत सम्मान गरिएको थियो । साथै जानकारी मुलक प्लेकार्डहरु समेत बिमोचन गरेको थियो । कार्यक्रमको संचालन सागर पाठकले गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)