Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

उपनिर्वाचन सम्पन्न,६० प्रतिशत मत खस्यो

उपनिर्वाचन सम्पन्न,६० प्रतिशत मत खस्यो

  • 1.3K
    SHARES

  • उपनिर्वाचन सम्पन्न,६० प्रतिशत मत खस्यो

    काठमाडौँ,बैसाख १० ।

    प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ । आइतबार भएको तीन क्षेत्रको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको हो । 

    बारा २, चितवन २ र तनहुँ १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले जनाएको छ । आयोगका अनुसार बारा २ मा ६४ प्रतिशत, चितवन २ मा ६३ प्रतिशत र तनहुँ  १ मा ५३ प्रतिशत मतदान भएको छ । 

    गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६३ दशमलव ५६ प्रतिशत, चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६७ दशमलव ६३ प्रतिशत र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा ५४ दशमलव ०३ प्रतिशत मतदान भएको आयोगले उल्लेख गरेको छ । यस निर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा तीन लाख ५३ हजार २४७ मतदाता रहेका थिए ।

    मतदान सम्पन्न भएका सबै मतदान स्थलबाट आज साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य हुनेछ ।  आयोग अनुसार यही वैशाख १२ गतेभित्र मत परिणाम सार्वजनिक गर्ने गरी मतगणना हुने छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology