Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाल्पामा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

पाल्पामा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

  • 2.3K
    SHARES

  • पाल्पामा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

    बुटवल,मंसिर १७- 

    पाल्पामा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार गराइरहेका पाल्पाका एक र स्याङ्जाका एक पुरुषको बुधबार बिहाज ज्यान गएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

    पाल्पाको बगनासकाली गाउ“पालिका–१, चिर्तुङधाराका ३८ वर्षीय पुरुषको बिहान ४ बजे मृत्यु भएको लुम्बिनी मेडिकल कलेजले जनाएको छ ।यसैगरी स्याङ्जाको गल्याङ नगरपालिका–४, का ३९ वर्षिय पुरुषको उपचारका क्रममा बिहान ५ बजे मृत्यु भएको कलेजले जनाएको छ । 

    पाल्पा बगनासकालीका पुरुषको १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । १४ गते अस्पताल भर्ना भएर उनको उपचार भैरहेको थियो । स्वास्थ्यमा समस्या देखिएर अस्पताल भर्ना भएका गल्याङ्का पुरुषको २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पाल्पामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology