Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एनएमबि बैंकद्वारा रामग्राममा शाखा शुभारम्भ,७ सय विद्यार्थीलाई स्वास्थ्य सामाग्री  प्रदान 

एनएमबि बैंकद्वारा रामग्राममा शाखा शुभारम्भ,७ सय विद्यार्थीलाई स्वास्थ्य सामाग्री  प्रदान 

  • 5.8K
    SHARES

  • एनएमबि बैंकद्वारा रामग्राममा शाखा शुभारम्भ,७ सय विद्यार्थीलाई स्वास्थ्य सामाग्री  प्रदान 

    बुटवल,मंसिर १६- 

    एनएमबि बैंकले  नवलपरासीको रामग्राम सुनवल-परासी रोडमा मङ्गलबारदेखि नयाँ शाखा संचालनमा ल्याएको छ ।

    रामग्राम परासी शाखा बैंकको  १७५औं शाखा हो ।परासी क्षेत्रका उद्योगी, ब्यावासायी, समाजसेवी तथा स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा एनएमबि बैंक लुम्बिनी प्रदेशका प्रमुख मोहन केसीले पानसमा दिपप्रज्वलन गरि रिवन काटेर उद्घाटन गर्नुभएको थियो ।

    भर्चुअल सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले तिव्र औद्योगिककरण र  ब्यावसायीकरण तर्फ उन्मुख रामग्राम परासी क्षेत्रमा सरल, सहज र छिटोछरितो बित्तिय सेवा प्रदान गरिने बताउनुभयो ।

    कोरोना माहामारीको अवस्थामा सामाजिक दुरी सहित सुरक्षाका उपाय अवलम्बन गर्दै लुम्बिनी प्रदेशको २९ औँ शाखाको रुपमा शुभारम्भ गरिएको बैङ्कका लुम्बिनी प्रदेश प्रमुख मोहन केसीले बताउनुभयो ।  लुम्बिनी प्रदेश क्षेत्र(क) प्रबन्धक युवराज पाठकले रामग्राम परासीबाट  यस क्षेत्रको कृषि, ब्यापार, उद्योग, शिक्षा, स्वास्थ, आवास लगायत सबै क्षेत्रका आवस्यकता पुरा गर्ने बताउनुभयो ।

    एनएमबि बैंक रामग्राम परासी शाखा प्रबन्धक अर्जुन ज्ञवालीले स्थानीय जनता माझ  उनिहरुका बित्तीय आवश्यकतालाइ ध्यानमा राखी बचत, कर्जाका सेवाहरु एवं आधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्न सदैव तत्पर रहने बताउनुभयो ।

    शुभारम्भको अवसरमा बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत रामग्राम परासीको पुरानो स्कुल आदर्श  माध्यमिक  बिधालयका करिव ७०० विद्यार्थीको लागि मास्क, सेनिटाइजर, ग्लोब्स हस्तान्तरण गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology