चितनव,वैशाख ५ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बाहिर रुखरुख भनेर भित्रभित्र दाँयाबाँया गर्ने छुट नभएको बताएका छन् । चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पार्टीको बिषयमा पार्टीमै भएपछि चुनावको बेलामा एकजुट हुनुपर्ने बताए ।
राजनीति दलको कार्यकर्ता भइसकेपछि पार्टीको कुरा पार्टीमा छलफल र बहस गर्नुपर्ने बताए । उनले भने, ‘चुनावमा आइसकेपछि तलमाथि गर्न मिल्दैन । सिंगो पार्टी नै बदल्नुछ । कांग्रेसलाई नयाँ बनाएर छाड्ने हो । पार्टीसँग, नेताहरूसँग तमाम असन्तुष्टि होलान् । यथोचित समयमा बसेर छलफल गरौंला ।’
उनले भने, ‘म भगवानमा विश्वास गर्ने मान्छे हुँ । मलाई विश्वास छ तपाईहरु पनि धार्मिक हुनुहुन्छ । खुलेर लाग्नुभएको छ भने तपाईंहरुको निर्णय हो । तर, बाहिर बाहिर गर्छु भित्र भित्र गर्दिनँ भन्न मिल्दैन ।
मनमा जसको हरि छ, अरूले नदेखे पनि हरिले देखेको हुन्छ । बाहिर बाहिर रुख रुख भन्ने भित्र गएर तलमाथि गरे हरिले हिसाबकिताब गर्छन् भन्ने ठान्नुपर्छ ।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)