बुटवल,मंसिर १६-
बुटवलमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल–७ की ५३ वर्षीया महिला र कपिलवस्तुको चन्द्रौटाकी ५० वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएकी कपिलवस्तुकी महिला मंसिर १५ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारको क्रममा सोमबार राति मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले नागरिक अनलाइनलाइ जानकारी दिए ।
यस्तै मंसिर ११ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएकी बुटवलकी महिला मंसिर १३ गते अस्पताल भर्ना भएकीमा सोमबार दिउँसो मृत्यु भएको छ । उनी मधुमेहको दीर्घ रोगी थिइन् ।
कोरोना संक्रमणबाट लुम्बिनी प्रदेशमा अहिलेसम्म २९२ जनाको मृत्यु भएको छ भने ,रुपन्देहीमा १२१ र कपिलवस्तुमा २१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)