Logo बिहिवार, आश्विन १ गते २०८३
images

घरदेखि कानुन कार्यान्वयन गर्ने निकायसम्म लैंगिक हिंसा जिवित

घरदेखि कानुन कार्यान्वयन गर्ने निकायसम्म लैंगिक हिंसा जिवित

  • 3.1K
    SHARES

  • घरदेखि कानुन कार्यान्वयन गर्ने निकायसम्म लैंगिक हिंसा जिवित

    बुटवल, मंसिर १५ ।

    कानुन कार्यान्वयन नहुँदा लैंगिकताका आधारमा हुने हिंसा अन्त्य हुन नसकेको सरोकारवालाहरुले बताएका छन् । जागरण मिडिया सेन्टरले सोमबार लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा बुटवलमा गरेको छलफल कार्यक्रममा सहभागीहरुले भएका कानुनको समेत कार्यान्वयन नहुँदा लैंगिक हिंसा अन्त्य हुन नसकेको बताएका हुन । 

    कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद रमा अर्यालले महिलामाथि भ्रुणबाटै विभेद र हिंसाको श्रृखला शुरु हुने बताईन । उनले कोरोना महामारीका बेलामा पनि महिलाहरु माथि जगन्य अपराधका घटनाहरु भएको उल्लेख गर्दै कानुन बनाउने थलोमा आफूहरुले सक्दो पहल गर्ने बताईन ।

    लुम्बिनी प्रदेशसभाका सामाजिक विकास समितिका सदस्य समेत रहेकी सांसद दीपा विश्वकर्माले लैंगिक हिंसा पिडितलाई मध्यनजर गरेर सेवा केन्द्र पुर्नस्थापना विधेयक संसदमा ल्याएको तर त्यसलाई सरोकारवालाको सुझाव अनुसार संशोधन सहित संसदबाट पारित गर्ने प्रतिबभता जनाईन । 
    यस्तै सांसद पुष्पा थरुनीले लैंगिकताका आधारमा हुने हिंसामा संलग्नलाई कारवाहीको दायरामा ल्याउने पहिलो कर्तव्य सरकारको हुने बताईन । उनले आगामि दिनमा प्रदेशले ल्याउने कानुनका सवालमा प्रतिपक्षी दलको सांसदको हिसाबले बिशेष ध्यान दिने बताईन ।

    यसैगरि सांसद गीता थापाले लैंगिक हिंसाका कार्यक्रमलाई ग्रामिण बस्ती केन्द्रीत गर्नुपर्ने र यसमा पुरुषहरुले पनि अपनत्व गरेर जवाफदेहि बन्नुपर्ने बताईन । 
    सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख शारदा बेल्बासेले प्रदेशमा लैगिक हिंसाको अवस्था र प्रदेश सरकारको योजनाका बारेमा प्रस्तुती राखेकी थिईन । उनले प्रदेश सरकारले हिंसा पिडित महिलाहरुको पुर्नस्थापना, सिप विकास, दलित र सिमान्तकृत महिला र बालबालिकाको क्षेत्रमा बजेट छुटाएर काम गरेको बताईन । मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति गोविन्द खनालले स्वतन्त्र रुपमा न्याय सम्पादन गरेको भनेर विश्वास जगाउन नसकेको बताएका छन् । नागरिक समाजले खबरदारी नगर्ने हो भने न्याय मर्न सक्ने उनले बताए ।

    छलफलमा इन्सेक प्रतिनिधि रीमा विसि, नेपाल पत्रकार महासंघ रुपन्देहीका अधिकारकर्मी कमला गहतराज, अधिकारकर्मी इन्दिरा आचार्य, मनु खड्का, कमला गहतराज, इन्दु विश्वकर्मा, विमला नेपाली, रेडियो जागरणका स्टेशन म्यानेजर विनोद परियार, अम्बिका परियार लगायतले बोल्दै छोरीप्रति समाजले अझै सम्मान गर्न नसकेको तथा राज्यले समेत संरक्षण गर्न नसकेको बताए । प्रत्येक वर्ष नोबेम्भर २५ देखि डिसेम्बर १० तारिखका दिनसम्म लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ । यो वर्ष नेपालमा लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति, समाज र सबैको ऐक्यवद्धता भन्ने राष्ट्रिय नाराका साथ मनाइएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology