Logo बुधवार, कार्तिक १२ गते २०८३
images

एमाले नेता नरेश खरेलले गरे पार्टी परित्याग,कम्युनिष्ट एकताको लागि पहल गर्ने

एमाले नेता नरेश खरेलले गरे पार्टी परित्याग,कम्युनिष्ट एकताको लागि पहल गर्ने

  • 1.2K
    SHARES

  • एमाले नेता नरेश खरेलले गरे पार्टी परित्याग,कम्युनिष्ट एकताको लागि पहल गर्ने

    काठमाडौं, चैत २७ ।

    नेकपा एमालेका नेता नरेश खरेलले पार्टी परित्याग गरेका छन्।एमालेले दक्षिणपन्थी र यथास्थितिवादी शक्तिसँग साँठगाँठ गरेकाले पार्टी परित्याग गरेको खरेलले बताए।

    '२०७८ मंसिरमा सम्पन्न दसौं महाधिवेशनदेखि नै म पार्टीको गतिविधिमा निष्क्रिय थिएँ। तर आजदेखि औपचारिक रूपमै पार्टी छोडेको छु,' खरेलले भने, 'मुख्य गरेर एमाले जुन लक्ष्य लिएर अघि बढ्नु पर्थ्यो त्यो भएन। गलत मान्छे पार्टीमा प्रवेश गराइए अनि दक्षिणपन्थी र यथास्थितिवादी शक्तिसँग साँठगाँठ बढी देखियो।'

    हिजोका उपलब्धी खोसिन्छ कि भन्ने खतरा देखेकोले आफू एमालेबाट बाहिरिएको उनले बताए।अहिले स्वतन्त्र रहे पनि कम्युनिष्ट एकताको लागि पहल गर्ने उनले बताए।

    पार्टीमा पुराना र दुःख गरेका नेता कार्यकर्तालाई पाखा लगाउने अनि अवसरवादीहरूलाई मौका दिने भएकाले समेत काम गर्न नसकिने अवस्था आएको उनको भनाइ छ। ६८ वर्षीय खरेल पञ्चायतकालमा १७ वर्ष जेल परेका थिए। उनी २०३० देखि २०४६ को अन्तिमसम्म जेल परेका हुन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology