Logo बुधवार, कार्तिक १२ गते २०८३
images

सबै पर्यटन सद्‍भावना दूतको नियुक्ति खारेज

सबै पर्यटन सद्‍भावना दूतको नियुक्ति खारेज

  • 1.0K
    SHARES

  • सबै पर्यटन सद्‍भावना दूतको नियुक्ति खारेज

    काठमाडौं ,चैत २६ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि नियुक्त भएका सबै पर्यटन सद्‍भावना दूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।

    पर्यटन प्रवर्द्धक सम्बन्धीकार्यविधि २०७९ स्वीकृति गर्दै प्रक्रिया पुरा गर्ने गरी पुनः नियुक्त हुन सक्ने निर्णय गरी यसअघिका नियुक्ति भने खारेज गर्ने निर्णय मन्त्रालयले गरेको पर्यटन मन्त्री सुदन किरातीले जानकारी दिए ।

    कार्यविधि नबन्दै अघिल्लो सरकारले दुई दर्जन स्थानमा पर्यटन सद्‍भावना दूत तोकेको थियो । यस्ता सद्‍भावना दूतहरु अवैतनिक हुने गर्छन् ।

    तर, सरकारी नियुक्तिको लाभमा आफ्नो प्रतिष्ठा र व्यवसाय विस्तारमा धेरैजसो व्यक्ति सक्रिय हुने गरेको देखिन्छ । जसमा नेता र पार्टी निकटका व्यक्तिहरुलाई नियुक्तिमा प्राथमिकता दिने प्रचलन रहेको छ । अब भने मन्त्रालयले ‘सद्‍भावना दूत’ भन्ने स्थानमा ‘पर्यटन प्रवर्द्धक’ भन्ने शब्द राख्ने गरी कार्यविधि बनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology