Logo बुधवार, कार्तिक १२ गते २०८३
images

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक,पुँजी निर्माण तथा परिचालनलाई प्राथमिकतामा

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक,पुँजी निर्माण तथा परिचालनलाई प्राथमिकतामा

  • 1.2K
    SHARES

  • सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक,पुँजी निर्माण तथा परिचालनलाई प्राथमिकतामा

    काठमाडौँ,चैत्र २३ ।

    सरकारले देशको अर्थतन्त्र सुधारका लागि सरकारले पुँजी निर्माण तथा परिचालनलाई प्राथमिकतामा राख्ने जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको न्यूनतम साझा कार्यक्रम पहिलेभन्दा परिमार्जित, व्यावहारिक र कार्यान्वयन गर्न सकिने खालको भएको बताउनुभएको छ ।

    सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएपछि सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।  साझा कार्यक्रम पहिलेको भन्दा विकसित र परिमार्जित भएर ल्याइएको उहाँले प्रष्ट पार्नुभयो । उहाँले यसअघिको गठबन्धनले बनाएको साझा कार्यक्रमभन्दा पनि परिमार्जित रुपमा अहिले कार्यक्रम ल्याइएको बताउनुभयो ।

    बिहीबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताउनुभएको हो । उत्पादन तथा उत्पादकत्वमा वृद्धि गरी अर्थतन्त्रलाई सबलीकरण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।sarkarr.jpg

    उहाँले अर्थतन्त्रको विकासका लागि कृषि, जलस्रोत र पर्यटनको विकासलाई प्राथमिकता दिने योजना रहेको  बताउनुभयो ।उहाँले सरकारी, सहकारी र निजी क्षेत्रको समन्वात्मक तथा क्रियाशीलतको आधारमा विकास आयोजनाहरु सञ्चालन गर्ने योजना पनि रहेको बताउनुभयो  ।

    विकास निर्माण कार्य गर्दा दुई पालिकामा जोडिएको काम प्रदेशले र दुई प्रदेशमा जोडिएको काम संघले गर्ने मान्यतालाई स्थापित गरिने छ ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology