Logo बिहिवार, आश्विन १ गते २०८३
images

समाज सेवामा तल्लीन नेपाली हर्ट टीकटक ग्रुप : पराजुलीको नेतृत्वमा प्युठानबाट बर्दिया पुगेर सहयोग

समाज सेवामा तल्लीन नेपाली हर्ट टीकटक ग्रुप : पराजुलीको नेतृत्वमा प्युठानबाट बर्दिया पुगेर सहयोग

  • 4.6K
    SHARES

  • समाज सेवामा तल्लीन नेपाली हर्ट टीकटक ग्रुप : पराजुलीको नेतृत्वमा प्युठानबाट बर्दिया पुगेर सहयोग

    बुटवल,मंसिर १४ - 

    नेपाली हर्ट टीकटक ग्रुपले प्युठानबाट बर्दिया पुगेर सहयोग हस्तान्तरण गरेको हो । असहाय बालबालिका संरक्षण केन्द्र बेलवार बर्दियामा रहेका बालबालिकाहरूलाइ जाडोका लत्ता कपडा, खाद्यान्न सहित स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।

    नेपाली हर्ट ग्रुप नेपालका होस्टर डिल्लिराज पराजुलीको नेतृत्वमा टिकटकमा चलाइएको अभियानबाट संकलित रकमबाट सामग्री  बितरण गरिएक‍ो हो ।

    केन्द्रमा रहेका २१ जना असहाय बालबालिकाहरूका लागि सहयोग सामग्री वितरण गरिएको  ग्रुपका अन्तराष्ट्रिय होस्ट डिल्लिराज पराजुलीले नागरिक अनलाइनलाइ जानकारि दिनुभयाे  । 

    जसका लागि मुख्य सहयोग रूपन्देही मुर्गिया निवासी हाल जापानमा रहनुहुने प्रविन घिमिरेले १० हजार ७ सय रूपैया र पोखरा निवासि हाल दक्षीण कोरियामा रहनुहुने मिस्टर रोमियो दिपक काफ्लेले १० हजार रूपैया दिनुभएको थियो ।

    सहयोग वितरणका लागि बर्दियामा रहनुहुने दिपक लम्सालको समन्वयमा प्युठानबाट डिल्लीराज पराजुली, सरस्वति पराजुली, अविरल थापा, सुगम रिजाल, मिना वलि, पत्रकार भुवनसिंह, एलबि थापा, शमसेरबिक्रम जिसि लगायतको उपस्थिति रहेको थियो । त्यस्तै नेपालगन्जमा रहनुहुने नेपाली हर्ट टिकटक ग्रुपका भावना चौधरि, एलिसा मगरको समेत उपस्थिति रहेको थियो ।

    सहयोग हस्तान्तरण कार्यक्रममा बार बर्दिया नगरपालिका वडा नं ११ का वडा अध्यक्ष रामप्रसाद थारूले मन्तव्य दिदै २०७४ सालदेखि स्थापना भएको संरक्षण केन्द्रमा सहयोग लिएर प्युठानबाट आउने टोलिलाइ धन्यवाद ज्ञापन गर्नुभयो । स्कुल नै नदेखेका बालबालिकालाइ पछिल्लो २ वर्षदेखि आफुहरूले अभिभावकत्व गरिरहेकोमा काधमा काध मिलाउने सहयोगि मनकारि मनहरूलाइ खुसि ब्यक्त गर्ने शब्द नै न भएकोले आफू हर्ष विभोर भएको उहाले बताउनुभयो ।

    आमावुवा बिहिन र असहाय बालवालिकालाइ टिकटकबाटै उठेको रकम सदुपयोग गरेकोमा विद्यालयका प्रधानाध्यापक बिजयकुमार चौधरिले धन्यवाद पत्र प्रदान गर्नुभएको थियो । २०४८ साल्मा स्थापना भएको सुम्हा माविमा २०७४ सालदेखि स्कुलभन्दा बाहिर रहेकाहरूलाइ सहयोगार्थ असहाय केन्द्र संचालन गरिदै आएको छ ।

    TIKTOK.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology