Logo बुधवार, श्रावण १३ गते २०८३
images

महोत्तरीकी २२ वर्षीया कोरोना संक्रमित युवतीको मृत्यु

महोत्तरीकी २२ वर्षीया कोरोना संक्रमित युवतीको मृत्यु

  • 2.4K
    SHARES

  • महोत्तरीकी २२ वर्षीया कोरोना संक्रमित युवतीको मृत्यु

    बुटवल,मंसिर १४ -

    महोत्तरीकी २२ वर्षीया युवतीको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । बर्दिबास–२ निवासी ती युवतीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

    सुत्केरी भएपछि उच्च रक्तचाप र पिसाबमा उच्च प्रोटिन देखिएपछि उनलाई जनकपुरस्थित जनकपुर सिटी अस्पतालले प्रतिष्ठानमा रिफर गरेको थियो ।

    गत मंसिर २ गते उनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि सो दिन प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरिएको थियो ।उनको आज बिहान २ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । शवको व्यवस्थापन नियमअनुसार भइरहेको अस्पतालको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology