Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा २४ घण्टामा थपिए १३८० जना कोरोना संक्रमित ,१९ जनाको मृत्यु

नेपालमा २४ घण्टामा थपिए १३८० जना कोरोना संक्रमित ,१९ जनाको मृत्यु

  • 2.0K
    SHARES

  • नेपालमा २४ घण्टामा थपिए १३८० जना कोरोना संक्रमित ,१९ जनाको मृत्यु

    बुटवल ,मंसिर १३ -  

    नेपालमा २४ घण्टामा थप १३८० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९३६८ जनाको पीसीआर परीक्षणमा १३८० जनामा संक्रमण पुष्टि भएको हो ।

    गत २४ घण्टामा ५१५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ११ हजार १ सय ८६ जना छन् । नेपालमा निको हुने दर ९१ दशमलव ५ प्रतिशत रहेको छ ।

    कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १४५४ रहेको छ । संक्रमितमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।

    गत २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ४८५, भक्तपुरमा ३६ र ललितपुरमा १२४ जना संक्रमित थपिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology