Logo बिहिवार, आश्विन १ गते २०८३
images

शान्ति समाज रुपन्देहीद्वारा जातीय विभेद/छुवाछुतबिरुद्धको दिवसमा प्रदर्शन

शान्ति समाज रुपन्देहीद्वारा जातीय विभेद/छुवाछुतबिरुद्धको दिवसमा प्रदर्शन

  • 4.0K
    SHARES

  • शान्ति समाज रुपन्देहीद्वारा जातीय विभेद/छुवाछुतबिरुद्धको दिवसमा प्रदर्शन

    बुटवल,चैत्र ७ ।

    मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले तिलोत्तमामा बिरोध प्रदर्शन गरेको छ ।समाजले अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस २१ मार्चको सन्दर्भमा प्ले कार्डसहित आधारघण्टा बिरोध प्रदर्शन गरेको हो ।

    तिलोत्तमा नगरपालिका वडा न ३ योगिकुटी चोकमा आयोजित प्रदर्शनमा बोल्ने सहभागिले जातीय विभेद/छुवाछुत  मानवता विरुद्धको अपराध भएको उल्लेख गरेका छन् ।  उनीहरुले समतामूलक समाज निर्माणका लागि सबै एकजुट बन्नुपर्ने धारणा राखेका हुन् ।

    कार्यक्रमलाइ सम्बोधन गर्दै तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाँणले नगरमा छुवाछुटका घटनामा शुन्य सहनशीलताको नीति अवलम्बन गर्ने, दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको संबैधानिक ब्यवस्थालाई अनिवार्य कार्यान्वयन गरि सामाजिक न्याय र समतामूलक समाज निर्माणार्थ  प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले संबैधानीक अधिकारका लागि सबैको सहकार्य जरुरी हुने उल्लेख गर्नुभयो ।

    संविधानसभाका सदस्य बिनोद पहाडीले कानुनको पालना गर्नु नै सबैको दायित्व भएको र अझैपनि जातीय विभेद÷छुवाछूतका घटना बाहिर आउनु दुखद रहेको बताउनुभयो ।

    शान्ति समाजका निवर्तमान सभापति गोबिन्द खनालले छुवाछुतको मान्यता समाजले नै जर्बजस्त स्थापित गरेकोमा आपत्ती जनाउँदै समतामुलक समाज निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।समाजका सभापति खिमप्रसाद भट्टराई (कृष्ण)ले बिभेदका घटनाका दोषीमाथि कारबाही नभएको भन्दै तिन तहकै सरकारले यसको जवाफ दिनुपर्ने बताउनुभयो ।santi samaj a.jpg

    सो अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेल,राष्ट्रिय दलित पत्रकार संघका उपाध्यक्ष बिनोद परियार,शान्ति समाजका जिल्ला उपसभापति कपिल ज्ञवाली,सचिव कृष्ण पाण्डे, कार्यक्रम संयोजक लिलाधर लुइटेल लगायतले बोल्दै सबै प्रकारका असमानता र सामाजिक बिभेद अन्त्यको लागि सामुहिक पहल गर्नुपर्ने र कानन अनुसार कारबाही गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    प्रदर्शनमा अधिकारकर्मी,अभियान्ता ,सरोकारवाला तथा बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

    santi samajj.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology