Logo बिहिवार, आश्विन १ गते २०८३
images

३० अर्ब लागतमा कपिलबस्तुमा विश्वकै ठुलो बुद्ध मूर्तिसहित पार्क बनाइने

३० अर्ब लागतमा कपिलबस्तुमा विश्वकै ठुलो बुद्ध मूर्तिसहित पार्क बनाइने

  • 12.8K
    SHARES

  • ३० अर्ब लागतमा कपिलबस्तुमा विश्वकै ठुलो बुद्ध मूर्तिसहित पार्क बनाइने

    तौलिहवा,चैत्र ३ ।

    कपिलवस्तु नगरपालिका भित्र २४५ मिटर अग्लो बुद्धको मूर्ति सहित पार्क निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

    समझदारी पत्रमा अन्तर्राष्ट्रिय बौद्धिष्ट सेन्टरका प्रमुख चोइङ क्विइ सेङ स्टेवार्ड, सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतम र कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले हस्ताक्षर गर्नु भएको हो । यसलाई संसार कै सबभन्दा ठुलो भनिएको छ ।

    जसमा कपिलवस्तु नगरपालिकाले बुद्धको प्रतिमा बनाउने ठाउँ, प्रतिमाको साइज पहिचान गरी कार्यपालिकाले पारित गर्नेछ र नेपालको प्रचलित कानुन अनुसार सम्बन्धित सरकारबाट सम्बन्धन लिइने छ । त्यस्तै ठाउँ निश्चित भएपछि ईन्टरनेशनल बुद्विष्ट सेन्टरले आर्थिक प्रस्तावना तयार पार्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

    कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले विश्वकै ठुलो बुद्व मूर्तिले विश्वकै ध्यान तान्ने बताउनुभयो । परियोजनाले सिगो लुम्बिनी प्रदेशका लागि  कोसेढुङगा साबित हुने बताउनुभयो । उहाँले परियोजनाले कपिलवस्तु बासीहरूलाई आम्दानिसंग पनि जोड्न सक्ने बताउनुभयो । साथै परियोजनाका लागि बिदेसी उत्साहका साथ लाग्नुभएको उहाँको भनाई छ । परियोजना सफल बनाउन प्रदेश सरकारले समेत अपनत्व लिने मन्त्री पन्थीले बताउनुभयो ।

    सेन्टरका प्रमुख चोइङ क्विइ सेङ स्टेवाडले सहमति पत्रमा हस्ताक्षर भएको दिनलाई महत्त्वपूर्ण दिन र काम भएको बताउनुभयो । प्राचीन कपिलवस्तुमा बुद्धको मूर्ति निर्माणको काम गर्न पाउँदा आफूलाई निकै खुसी लागेको उहाँले बताउनुभयो ।

    सो अवसरमा बोल्दै चिनिया धर्मगुरु छ्याङ पिङले पावन भूमिमा आउन पाउनु निकै खुसी महसुस भएको बताउनुभयो । कपिलवस्तु नगरपालिकामा कनक मुनि र क्रकुछन्द बुद्धको जन्म स्थल भएकोले यो भूमि निकै नै महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो । यस परियोजनाले चिन र नेपालको सम्बन्धलाई अझै प्रगाढ बनाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो  “कमलको फूल झैँ बुद्धको ज्ञान संसार भर नै फैलिएको छ ।”

    विश्वको सबै भन्दा ठुलो मूर्ति नगरमा बन्ने भएपछि गर्भको विषय रहेको नगर प्रमुख सुदीप पौडेलले बताउनुभयो । लुम्बिनी आउने पर्यटकहरू मूर्ति हेर्न यहाँ आउने नै हुने छन् भन्ने विश्वास लिएको उहाँले बताउनुभयो । पर्यटकको सङ्ख्या बढेपछि पक्कै नै यस क्षेत्रको सामाजिक, आर्थिक उन्नति हुने उहाँको भनाई छ ।

    लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले ३ वटा बुद्धको जन्मथालोका रूपमा रहेको कपिलवस्तुका विकासमा यो मूर्ति निर्माणले नयाँ आयाम थपिने बताउनुभयो । कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले अब कपिलवस्तुको विकासले गति लिने बताउनुभयो । मूर्ति निर्माणका लागि जग्गाको यकिन गरी सो जग्गाको स्वामित्वका विषयमा पहल नगरपालिकाले गर्नेछ । मूर्ति र पार्क निर्माणका लागि प्रारंभिक ३० अर्ब भन्दा बढी बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।

    समारोहमा जिल्लाका प्रदेश सांसद मधुसूदन शरण चौधरी, जिल्ला समन्वय समितिका प्रमुख बावुरा आचार्य लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय, सचिव सानु राजा शाक्य, कोषाध्यक्ष सिद्धिचरण भट्टराई सहायक प्रजिअ अनिल पौडेल, लुम्बिनी बौद्ध विश्व विद्यालयका प्राध्यापक गुणखर गैह्रे,  चीन, हङकङ, मलेसिया लगायत देशका प्रतिनिधिहरू, जिल्लाका राजनीतिक दलका प्रमुखहरू, विभिन्न नगर तथा गाउँ पालिकाका प्रमुख र उपप्रमुख र वडाध्यक्षहरू लगायत विभिन्न कार्यालयका प्रतिनिधिहरू, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, पत्रकारहरूको सहभागिता थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology