Logo बिहिवार, आश्विन १ गते २०८३
images

कपिलवस्तुका ‘फुच्चे टुरिष्ट गाइड’ राहुल २४ दिनपछि भारतमा भेटिए

कपिलवस्तुका ‘फुच्चे टुरिष्ट गाइड’ राहुल २४ दिनपछि भारतमा भेटिए

  • 3.5K
    SHARES

  • कपिलवस्तुका ‘फुच्चे टुरिष्ट गाइड’ राहुल २४ दिनपछि भारतमा भेटिए

    बुटवल,मंसिर १०- 

    कपिलवस्तु नगरपालिका– ६ का १३ वर्षीय राहुल साहनी २४ दिन पछि फेला परेका छन् ।

    घरमा बुवा रिन्कुसँग विद्यालय जाने बिषयमा सामान्य कुरामा रिसाएर गत कार्तिक १७ गते भारतको नासिक भागेर गएका थिए । कपिलवस्तुस्थित बुद्धभूमि नगरपालिका ८ चरिगवा वर्ष १९ का मुम्बई बस्ने राकेश निषादले उनको खोजबिन गरि पत्ता लगाएर उनलाई आज शोरहतगढ सम्म पठाएका छन् ।

    त्यहाबाट बुधबार बिहान उनलाई प्रहरी कार्यालय ल्याइएको छ । प्रहरी उपरीक्षक नवराज अधिकारीले राहुल मर्यादपुर क्षेत्रमा भेटिएको र परिवारको जिम्मा लगाइएको बताउनुभएको छ ।Rahul.jpg

    विदेशका प्राय सबैजसो भाषा बोल्न सक्ने साहनी कुनै समय सामाजिक सञ्जालमा भाइरल बनेका थिए । १३ वर्षीय उनको यो विलक्षण प्रतिभा देखिएपछि उनको चर्चा ह्वात्तै बढेको थियो ।

    याे समाचार पनि पढाैँ :-

    कपिलबस्तु तिलौराकोटका ‘फुच्चे टुरिष्ट गाइड’ राहुल शाहनी सम्पर्कविहिन

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology