Logo बिहिवार, आश्विन १ गते २०८३
images

पहाडी र हिमाली क्षेत्रमा फागु अर्थात् होली पर्व मनाइँदै

पहाडी र हिमाली क्षेत्रमा फागु अर्थात् होली पर्व मनाइँदै

  • 3.9K
    SHARES

  • पहाडी र हिमाली क्षेत्रमा फागु अर्थात् होली पर्व मनाइँदै

    बुटवल,फागुन २२।

    आज पहाडी र हिमाली क्षेत्रमा फागु अर्थात् होली पर्व मनाइँदै छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन छ ।

    फागु पर्वमा एक आपसमा विभिन्न रङ्ग तथा अबिर लगाएर मनाउने चलन छ । केही वर्षदेखि रङको पर्व होली सभ्य बन्दै गएको छ । केही वर्षअघिसम्म एक हप्ता अघिदेखि नै लोला हान्ने प्रवृत्ति थियो । तर, चार पाँच वर्षयता फागु पर्वलाई अनुशासित भएर मनाउने गरिएको पाइन्छ ।

    सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द  भएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा मनाइन्छ ।

    होली पर्वका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ । प्रहरीले होली सभ्य तरिकाले मनाउन अनुरोध गरेको छ ।इच्छा विपरीत रङ वा लोला हाने पक्राउ गरेर मुद्दा चलाइने प्रहरीले जनाएको छ । 

    होहल्ला नगरि, जाँडरक्सी तथा लागुपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गरेको हो । अभद्र तरिकाले होली खेलिएको पाइए कारबाही हुनेछ ।

    यस्तै, कसैले इच्छा विपरीत रङ लगाए, लोला हाने वा फोहर पानी र विभिन्न केमिकल मिसिएको पदार्थ लगाइदिए तुरुन्त प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन आग्रह गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology