Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

शंखमूलमा क्याफेको छैठौं तलाबाट खसेर सरोजकुमार उपाध्यायको निधन

शंखमूलमा क्याफेको छैठौं तलाबाट खसेर सरोजकुमार उपाध्यायको निधन

  • 867
    SHARES

  • शंखमूलमा क्याफेको छैठौं तलाबाट खसेर सरोजकुमार उपाध्यायको निधन

    काठमाडौं, फागुन २१ ।

    नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ। उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका भाइ हुन्। 

    काठमाडौंको शंखमूलस्थित बबिन्स क्याफेको रूफटप छैठौं तलाबाट खसेर उनको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। 

    उनी दिउँसो सवा २ बजे खसेका थिए। प्रहरीका अनुसार उनी रूफटपमा एक्लै बसेका थिए। एक्कासि ठूलो आवाज आएपछि क्याफेका कर्मचारी तथा सञ्चालकले हेर्दा उनी खसेको देखेका थिए।

    खसेर गम्भीर घाइते भएका उनलाई ट्याक्सीमा हालेर सिभिल अस्पताल लगिएको थियो। उक्त अस्पतालबाट थापाथलीस्थित अन्नपूर्ण न्यूरो अस्पताल लगिएको थियो। 

    त्यहाँ उपचारको क्रममा उनको साढे ५ बजे मृत घोषणा गरिएको एसपी रिजालले बताए। ‘उहाँ कसरी खस्नुभएको हो भन्नेबारे हामी बुझ्दैछौं,’ उनले भने। 

    उनी पछिल्लो तीन दिनदेखि उक्त क्‍याफे पुगेका थिए। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology