बुटवल,फागुन २० ।
भुवनेश्वरी टोलमा जेष्ठ नागरिक विश्राम स्थल भवन निर्माण गरिएको छ। भुवनेश्वरी मन्दिर नजिक फोहोर फाल्ने करीब एक कठ्ठा जग्गालाई ब्यवस्थित गरि दुई तला हलसहितको भवन निर्माण गरिएको हो।
शनिबार एक समारोहका बिच वडा नं ४ का वडाअध्यक्ष नरेश्वर शर्मा पौडेलले भवनको उद्घाटन गर्दै समुदायमा वृद्धवृदाहरुलाई लक्षित गरि निर्माण गरिएको भवनको सदुपयोग गर्नुपर्ने बताए। यसैबिच कार्यक्रममा टोलका ८७ वर्षिय खड्ग बहादुर पुन, ९५ वर्षिय सरुमा बलाल र ९५ वर्षिय सस बहादुर तरामुलाई सम्मानपत्र र दोसल्लाबाट सम्मान गरिएको थियो।
कार्यक्रममा अनुगमन समितिका संयोजक ईन्द्र बहादुर थापाले वडाकै नमुना काम गर्न सफल भएको बताए। फोहोर फाल्ने, लामखुट्टे लाग्ने सार्वजनिक क्षेत्रलाई संरक्षण गरि भवन निर्माण गर्न सफल भएको उनले बताए।
भवन निर्माणमा ३ वर्षको अवधिमा नगरपालिकाबाट २० लाख रुपैया, भुवनेश्वरी टोल विकास संस्थाबाट ४ लाख ७१ हजार, राना रेवती पथ आमा समुहबाट १ लाख ५० हजारसहित टोलका सामाजिक ब्यक्तिहरुबाट करीब ३३ लाख रुपैया लागतमा भवन निर्माण सम्पन्न भएको कोषाध्यक्ष मधुबाला तारामी मगरले बताईन ।
करिब ३१ लाख बराबर सहयोग संकलन भएकोमा ३३ लाख ५ सय ८९ रुपैया खर्च भएको उनले बताईन।
कार्यक्रममा जनप्रतिनिधि अरुण श्रेष्ठ,जेष्ठ नागरिक विश्राम स्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर राना, टोल अध्यक्ष रबिन्द्र नाथ पंगेनी,स्थानीय समाजसेवी रामनाथ ज्ञवाली,लक्ष्मण ज्ञवाली, रामकुमार रणपाल,नागरिक वडा मंचका दुर्गा पौडेलले नमुना जेष्ठ नागरिक विश्राम स्थल भवन निर्माण गरिएकोमा खुसी ब्यक्त गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)