Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलको देवीनगरमा एनएमबि बैंकको नयाँ शाखा शुभारम्भ

बुटवलको देवीनगरमा एनएमबि बैंकको नयाँ शाखा शुभारम्भ

  • 8.9K
    SHARES

  • बुटवलको देवीनगरमा एनएमबि बैंकको नयाँ शाखा शुभारम्भ

    बुटवल,मंसिर १०-

    बुटवलको देवीनगरमा एनएमबि बैंकले बुधबार नयाँ  शाखा स‌ंचालनमा ल्याएको छ । बैंकले १७३ औँ शाखा बुटवलको देवीनगरमा शुभारम्भ गरेको हो । 

    कोरोना माहामारीको अवस्थामा सामाजिक दुरी सहित सुरक्षाका उपाय अवलम्बन गर्दै लुम्बिनी प्रदेशको २८ औ‌ँ शाखाको रुपमा शुभारम्भ गरिएको बैङ्कका लुम्बिनी प्रदेश प्रमुख मोहन केसीले बताए ।

    सो अबसरमा बैङ्कका देवीनगर शाखा प्रबन्धक त्रिभुवन भण्डारीले स्थानीयको आवश्यकतालाइ ध्यान राखेर सेवा संचालन गरिएको र सबैको साथको अपेक्षा गरिएको बताए । साे कार्यक्रममा वडा न ११ का वडाध्यक्ष रामचन्द्र खनाल क्षेत्री,समाजसेवी यज्ञेश्वर मरासिनी लगायतको सहभागिता रहेको थियो ।

    आजै साे बैँक र बुटवलको चौराहा हस्पिटल प्रालिबिच समझदारी पत्रका हस्ताक्षर समेत भएको छ । समझदारी अनुसार बैंकको कार्ड होल्डरलाइ अस्पतालले उपचारमा १० प्रतिशत छुट सुविधा दिनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology