Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

स्ववियु निर्वाचनका लागि विद्यार्थी सङ्गठनहरु दर्ता

स्ववियु निर्वाचनका लागि विद्यार्थी सङ्गठनहरु दर्ता

  • 1.3K
    SHARES

  • स्ववियु निर्वाचनका लागि विद्यार्थी सङ्गठनहरु दर्ता

    बुटवल,फागुन १९ । 

    त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा  हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनले दर्ता गराएका छन् ।

    बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराउने समय थियो ।आज दर्ता भएका विद्यार्थी सङ्गठनले मात्र निर्वाचनमा भाग लिन पाउने छन् ।

    यस्तै निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी सङ्गठनले यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् ।

    सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा नेविसंघ दर्ता :

    nsu siddhartha.jpg

    यता बुटवलका त्रिवि अन्तर्गतका सबै क्याम्पसमा संगठन दर्ता भएको छ । बुटवल हाटबजारमा रहेको  सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा नेविसंघले दर्ता गरेका छन । स्ववियु क्याम्पस निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेविसंघ क्याम्पस ईकाई समितीले संघ दर्ता गरेका हुन।

    स्ववियु निर्वाचन अधिकृत गोपाल चापागाईंलाई ईकाई सभापति महेश शर्मा सहितको टोलिले संघ दर्ता गरेका हुन।विद्यार्थी संघ- संगठन दर्ता आह्वान भए अनुसार दर्ता गरिएको शर्माले जानकारी गराए।

    दर्ता गर्न जादा सभापती शर्मा, नेविसंघ नेत्रृ सिर्जना गिरी, उपसभापति दिपक अर्याल, अर्जुन खत्री, विवेक भुसाल, सचिव दिपक घिमिरे,सह सचिव सरोज खनाल, सतिश ज्ञवाली,सुदिप पाण्डे,सदस्यहरु बिकास टन्डन,हरि घिमिरे लगायतको सहभागिता रहेको थियो।

    नेविसंघलाई बलियो बनाउदै सहज जितको लागि क्याम्पस र जिल्लाभर प्रयासरत रहेको जानकारी दिए। सोहि क्याम्पसमा भने अखिल छैठौंले संगठन दर्ता गर्न नपाएको भन्दा तालाबन्दी गरेको छ  ।

    उता रामपुर कृषि क्याम्पस चितवनमा पनि नेविसंघले संगठन दर्ता गरेको सभापति आशिष देबकोटाले बताए ।nsu rampur.jpg

    नेविसंघ,अनेरास्वीय ,अखिल क्रान्तिकारी लगायतका संगठन दर्ता भएका छन् ।स्ववियु निर्वाचनका लागि आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समयहुनेछ । देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन हुनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology