Logo बिहिवार, आश्विन १ गते २०८३
images

अभिनेता पल शाहलाई उच्च अदालत पोखराले दियो सफाइ

अभिनेता पल शाहलाई उच्च अदालत पोखराले दियो सफाइ

  • 4.5K
    SHARES

  • अभिनेता पल शाहलाई उच्च अदालत पोखराले दियो सफाइ

    बुटवल,फागुन १४ ।

    अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

    पलले बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका थिए । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने जानकारी दिए ।

    शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको छ।

    शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्। तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology