Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस नेता रामचन्द्र पौडेलले गरे राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन दर्ता

कांग्रेस नेता रामचन्द्र पौडेलले गरे राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन दर्ता

  • 984
    SHARES

  • कांग्रेस नेता रामचन्द्र पौडेलले गरे राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन दर्ता

    काठमाडौं, फागुन १३ ।

    नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।संसद् भवन बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले दिउँसो सवा २ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।
     
    उम्मेदवारी मनोनयनका लागि उनको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान रहेका छन् ।महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डेले उनलाई समर्थन गरेका छन् ।

    पौडेल कांग्रेसका अलावा माओवादी केन्द्र, जसपा, नेकपा एस, जनमत, नागरिक उन्मुक्ति पार्टी, लोसपा र राष्ट्रिय जनमोर्चाको समर्थनमा उम्मेदवार बनेका हुन् ।
    यही फागुन २५ मा हुने निर्वाचनमा पौडेलको प्रतिस्पर्धा नेकपा एमालेका सुवास नेम्वाङसँग हुनेछ । नेम्वाङले यसअघि नै उम्मेदवारी दर्ता गराइसकेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology