Logo सोमवार, कार्तिक १० गते २०८३
images

पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन

पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन

  • 789
    SHARES

  • पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन

    बुटवल, फागुन ८।

    पूर्वस्वास्थ्यमन्त्री प्राध्यापक डाक्टर मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ ।श्रेष्ठको उपचारका क्रममा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

    मानवअधिकार क्षेत्रमा पनि काम गरिरहेका श्रेष्ठ लामो समयदेखि दम र छातीको सङ्क्रमणले थलिएका थिए ।वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए ।

    विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उहाँ नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए । उनका ६ छोरा र एक छोरी छन् । उनको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology