बुटवल,फागुन ६ ।
आज महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी देशभर मनाइँदैछ ।यही विश्वासका साथ वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।
रुपन्देही र पाल्पाको सिद्धबाबा धाम, मुक्तिनाथधाम, बोलबम धाम,श्रृङ्गेश्वरधाम,निलकण्ठबाबाधाम,शिद्धेश्वरधाममा दिनभर पूजाआजा गर्नेको भिड थियो ।
बुटवल १२ को नयागांउ मुक्तिनाथधाममा रातभर जाग्राम सहित भजनकृतन गरिने स्वामि लोकानन्दले जानकारी दिनुभयो । धाममा बिहानैदेखि श्रद्धालुहरु जर्लापणका लागि लाम लागेका थिए ।










नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)