Logo मंगलवार, श्रावण १२ गते २०८३
images

फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्काउछाैँ : कांग्रेस महामन्त्री गगनकुमार थापा

फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्काउछाैँ : कांग्रेस महामन्त्री गगनकुमार थापा

  • 1.4K
    SHARES

  • फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्काउछाैँ : कांग्रेस महामन्त्री गगनकुमार थापा

    बुटवल,फागुन १ ।

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने दाबी गर्नुभएको छ । 

    नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ ले आज तिलोत्तमा १५ कोटिहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले पुसको १० गते निर्माण भएको एमालेसहितको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा भत्काएरै छाड्ने बताउनुभएको हो ।

    महामन्त्री थापाले निर्वाचन अगाडिको गठबन्धनले ५ बर्षसम्म संगै सरकार सञ्चालन गर्ने र मुलुकमा स्थीरता, समुन्नती र समृद्धिका लागि काम गर्ने गरी जनताले निर्वाचित गराएकाले जनताको म्यान्डेट विपरित बनेको बर्तमान सत्ता गठबन्धन भत्काउने जिकिर गर्नुभयो ।

    निर्वाचन अगाडि जनतासंग जाँदा एउटा गठबन्धन र निर्वाचनपछि सरकार बन्दा अर्को गठबन्धन हुँदा जनतामा नैरास्यता छाएको उल्लेख गर्दै जनताको म्यान्डेट अनुसार सत्ता गठबन्धन अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

    चुनाव भन्दा अगाडि गठबन्धन गरेर मत मागेर आएपछि तलमाथि गर्ने अधिकार कसैलाई नभएपनि व्यवहारमा उच्च राजनैतिक संस्कार र नैतिकता कायम राख्न नसक्नु नेतृत्वको कमजोरी रहेको महामन्त्री थापाको भनाई छ । नेतृत्वले गरेको गल्तीका कारण चुनावी गठबन्धन भत्किएको भए पनि जनचाहनाअनुसार कांग्रेस नेतृत्वको गठबन्धन बनाउने उहाँले दाबी गर्नुभएको छ ।

    फागुन २५ गते नेपाली कांग्रेसले उठाएको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित गराउने भन्दै महामन्त्री थापाले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति निर्वाचित भएमा सिंहदरबार र शीतल निवासबाट समानान्तर सत्ता चल्ने दावि गर्नुभएको छ ।

    उहाँले सत्ता र शक्तिको दुरुपयोग हुन नदिनका लागि एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिमा पराजित हुनैपर्ने जिकिर गर्नुभयो । उहाँले एमाले अध्यक्ष केपि ओलीले भनेको व्यक्ति राष्ट्रपति भए सिहं दरवारबाटै सित्तल निवासको लेटर प्याड र रवर स्ट्याम्पले राष्ट्रपतिको काम हुने भन्दै देशलाई दुर्घटनाबाट जोगाउन कांग्रेसले तय गरेको व्यक्ति राष्ट्रपति हुने उल्लेख गर्नु भयो । gagan thapa  (2).JPG

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology